नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९० नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् ।
जसमध्ये १ हजार १९९ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १५२ मा र १ हजार ८९१ को एन्टिजेन गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । शनिबार ५१ जना संक्रमणमुक्त भएका छन् भने देशभर १३८५ जना सक्रिय संक्रमित छन् ।