आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

फेरि बढ्दै कोरोना संक्रमण

फेरि बढ्दै कोरोना संक्रमण

नागरिक पाटी

३, श्रावण २०७९
  • 4.3K
    SHARES
  • फेरि बढ्दै कोरोना संक्रमण

    काठमाडौं । असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ । पछिल्लो दुई दिनमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । संक्रमणमध्ये आधाभन्दा बढी संक्रमित काठमाडौंमा देखिएको छ । यसबाहेक भारतीय सीमानाकाबाट आउनेमा कोरोना संक्रमण देखिएको छ ।

    images

    सोमबार एकै दिन ४ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २ हजार ३ सय ४१ पीसीआर र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षणक्रममा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

    एकै दिन ४ सय ५७ संक्रमित

    त्यस्तै, एकै दिन ४८ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ । सो अवधिमा एक संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ पुगेको छ । देशभर हाल १ हजार ७ सय ७६ सक्रिय संक्रमित छन् ।

    १ हजार ७ सय १ होमआइसोलेसनमा रहँदा ७५ संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ । १५ जनाको आईसीयूमा उपचार भइरहेको छ । आईसीयूमा रहेका १५ मध्ये १ जनालाई भेन्टिलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसैगरी, कोभिड संक्रमण दर ९पोजिटिभिटी रेट० सोमबार १७ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्र वृद्धि हुन थालेपछि महामारी जोखिम पनि बढेको छ । गत १ असारयता निरन्तर कोरोना संक्रमण दर बढ्नेक्रममा छ । आजको राजधानी दैनिकमा खबर छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - ०७:२३:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology