आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोना संक्रमण नियन्त्रणका लागि बुस्टर डोजमा जोडको आवश्यकता

कोरोना संक्रमण नियन्त्रणका लागि बुस्टर डोजमा जोडको आवश्यकता

नागरिक पाटी

४, श्रावण २०७९
  • 4.7K
    SHARES
  • कोरोना संक्रमण नियन्त्रणका लागि बुस्टर डोजमा जोडको आवश्यकता

    काठमाडौं । टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले कोरोना संक्रमण नियन्त्रण गर्न माक्स र स्यानिटाइजरको प्रयोगमा भन्दा कोभिडविरुद्ध दुई मात्रा खोप लगाइसकेपछि दिइने बुस्टरडोजमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘माक्स, स्यानिटाइजर, दूरी कायम गर्ने, लकडाउन गर्ने खोप नहुँदाको शुरूको अवस्थामा हो ।

    images

    अबको अवस्थामा खोप विस्तार गर्नुपर्छ । हामीसँग प्रशस्त मात्रामा खोप पनि छ ।’ उहाँले कोरोना विरुद्धको खोप म्याद गुजारेर फ्याँक्नुभन्दा नियमित खोप लगाएर जनस्वास्थ्य मापदण्डलाई पालना गर्दै थप सुरक्षित हुनु बुद्धिमानी हुने बताउनुभयो ।

    यसैबीच बिस्तारै हराएको जस्तो देखिएको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । कोरोना संक्रमणबाट आइतबार र सोमबार एक एक जना गरी २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बितेको २४ घण्टामा थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३ सय ५७ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०७९ बुधवार - ०८:०६:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology