शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘द कलेज एम्बेसडर २०२२’ का प्रतियोगीले देखाए ट्यालेन्ट

‘द कलेज एम्बेसडर २०२२’ का प्रतियोगीले देखाए ट्यालेन्ट

नागरिक पाटी

१४, भाद्र २०७९
  • 4.7K
    SHARES
  • ‘द कलेज एम्बेसडर २०२२’ का प्रतियोगीले देखाए ट्यालेन्ट

    ‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट देखाएका छन् । हुकुम दरबार कमल पोखरीमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट देखाएका हुन् ।

    images
    images

    डान्स कोरियोग्राफर श्रेया महर्जन, सौदर्य प्रतियोगीता विजेता पूजा पुरी र प्रोफेसर बिनय रन्जित लगायत प्रतियोगीताको निर्णायकमा रहेका थिए । प्रतियोगीतामा ८ महिला र ८ पुरुष प्रतियोगी रहेका छन् ।

    प्रतियोगीताको यो ११ औं संस्करण हो । यसका लागि उपत्यकाका नाइटिंगेल इन्टरनेशनल कलेज हेराल्ड कलेज, काठमाडौं स्कूल आफ सेन्टल स्टेज, किष्ट कलेज, गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, वेष्टन कलेज, ह्वाइटफिल्ट इन्टरनेशनल कलेज, कुसम, द टाइम्स इन्टरनेशनल कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौरले बताए ।

    प्रतियोगी अहिले हुकुम दरबार कमला पोखरीमा आफ्नो प्रतिभा निखार्न प्रशिक्षणमा छन् । समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिभिन्न बिषयमा आफुलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिने उनीहरु उत्रिने ग्रिनआर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् । मिसेन युनिभर्स नेपाल २०१९ की विजेता समेत रहेकी अनिला प्रतियोगीताको कोरियोग्राफर समेत हुन् ।

    प्रतियोगीताको अन्तिम स्पर्धा यदि भदौ १७ गते रसियन कल्चल सेन्टर (रसियन हाउस) कमलपोखरीमा आयोजना हुँदैछ । प्रतियोगीमा शिर्ष सहित बिभिन्न आधा दर्जनबढी बिधामा विजेता छानिनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७९ मंगलवार - १४:२३:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology