आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार

कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार

नागरिक पाटी

३०, भाद्र २०७९
  • 4.2K
    SHARES
  • कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार

    कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्।

    images

    वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि यस वर्षको अगस्टमा मात्रै ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ। सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकामा सन् २०२१ को सोही समयमा पाँच हजार ९१७ जना विदेशी नेपाल भित्रिएका थिए। सन् २०१९ को अगस्टको तुलनामा यो वर्षको अगस्टमा पर्यटक आगमनमा ५६ प्रतिशत सुधार भएको छ।

    सन् २०१९ को अगस्टमा ७३ हजार ८१४ पर्यटक नेपाल आएका थिए। बर्सातको मौसम भएकै कारण अघिल्लो महिनाको तुलनामा भने पर्यटक आगमन सङ्ख्या केही खुम्चिएको छ। यस वर्षको जुलाईमा ४४ हजार ४६२ पर्यटक नेपाल आएका थिए।

    कोभिडभन्दा अघि सन् २०१९ को जुलाईमा हवाई मार्ग हुँदै ५८ हजार ८११ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२० को जुलाईमा २११ र सन् २०२१ को जुलाईमा दुई हजार ९९१ पर्यटक नेपाल आएका थिए। सेप्टेम्बर महिना पर्यटन आगमनको उपयुक्त सिजन भएकाले यस महिना पर्यटक आगमन सङ्ख्या अरू बढ्दै जाने पर्यटन बोर्डले जनाएको छ।

    महामारीपछि तुलनात्मक रूपमा बेसिजनमा पनि पर्यटक बढ्नुमा भारतीय पर्यटकको आगमन बढिरहेको बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०७९ बिहिवार - ०८:५३:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology