शुन्य लागतमा बैदेशिक रोजगारको लागि मलेसिया लैजान गजुरीमा मँगलबार (असोज २५ गते) प्रि अन्तवार्ता हुँदै छ । मलेसिया स्थित मेईबन टेक्नोलोजिषका लागि ४१८ जना पुरुष औद्योगिक कामदारको माग भै आएकाले ग्रामिण बैदेशिक रोजगार भर्ती अभियान अन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ को कार्यालय घाटवेशीमा प्रि अन्तवार्ता हुन लागेको ईन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. (आईमआर) ले जनाएको छ । फाईनल अन्तवार्ता भने सँस्थाको कार्यालय ग्वार्को, ललितपुरमा यहि २७, २८ र २९ गते हुने हुने छ ।
सँस्थाले निशुल्क भिषा, निशुल्क टिकट, निशुल्क स्वास्थ्य जाँच तथा निशुल्क भर्ना प्रक्रियामा सहभागी भई मौकाको फाईदा उठाउन अनुरोध गरेको छ । आवेदकहरु कुनै पनि विचौलिया मार्फत नआई आफैँले सिधा आवेदन दिन पनि आईमआरको आग्रह छ ।
थप जानकारीका लागि सुचना हेर्नुहोस् ।
