आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुल्यवृद्धि ८.२ प्रतिशत पुग्ने

मुल्यवृद्धि ८.२ प्रतिशत पुग्ने

नागरिक पाटी

२७, आश्विन २०७९
  • 3.6K
    SHARES
  • मुल्यवृद्धि ८.२ प्रतिशत पुग्ने

    विश्व बैंकले रुस-युक्रेन युद्ध र आन्तरिक कारणले नेपालमा चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मूल्य वृद्धि ८.१ प्रतिशत हुने जनाएको छ। साथै, आगामी आर्थिक वर्ष मुद्रास्फीति दर घटेर ७.१ प्रतिशतमा सीमित हुने पनि जनाएको छ।

    images

    सरकारले भने चालू आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल राख्ने जनाएको थियो, जुन रुस तथा युक्रेनको युद्धका कारण भएको आपूर्ति चक्रको समस्या तथा आन्तरिक बजारका कारण सम्भव देखिंदैन । आईएमएफले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुकका अनुसार सन् २०२२ मा विश्वमा महँगीसमेत ४.७ प्रतिशतबाट वृद्धि भएर ८.८ प्रतिशतसम्म पुग्ने आईएमएफको प्रक्षेपण छ ।

    विश्व अर्थतन्त्रमा वृहत् र अपेक्षा गरिएभन्दा धेरै मन्दी देखिएको र मूल्य वृद्धि समेत केही दशकयताकै उच्च भएको आईएमएफले उल्लेख गरेको छ। आईएमएफले आगामी केही वर्ष मूल्यवृद्धि र अनिश्चितता रहने उल्लेख गर्दै मौद्रिक नीतिले मूल्यमा स्थिरता कायम राख्ने प्रयास गर्नुपर्ने र आर्थिक नीतिले जीवन यापनको लागत घटाउने गरी लक्षित हुनुपर्ने जनाएको छ। यो समाचार कारोबार दैनिकमा छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७९ बिहिवार - ०७:०१:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology