आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब कात्तिक १८ मा ‘लाखे’, रिलिज हुने

अब कात्तिक १८ मा ‘लाखे’, रिलिज हुने

नागरिक पाटी

२९, आश्विन २०७९
  • 4.8K
    SHARES
  • अब कात्तिक १८ मा  ‘लाखे’, रिलिज हुने

    मल्टिस्टारर सिनेमा लाखेको रिलिज पुनःएक हप्ता पोस्टपोन्ड भएको छ । यो सिनेमा अब आगामी कात्तिक १८ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमाले यसअघि सार्वजनिक टिजर र ट्रेलरले दर्शकमाझ सकारात्मक प्रभाव छोडेकाले पनि एक हप्ता पोस्टपोन्ड गरिएको निर्माण टिमले जनाएको छ ।

    images

    कात्तिक ११ मा महजोडी अभिनित महापुरुष पनि रिलिज हुने भएकाले २ सिनेमा एकसाथ रिलिज हुँदा शोदेखि हलसमेत बाँडिने भएकाले महजोडीलाई सम्मान गर्दै आफुहरु एक हप्ता पछाडी सरेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । हाल सिनेमाको निर्माण टिम सिनेमाको भव्य प्रचारको तयारीमा रहेको निर्देशक सम्राट बस्नेत बताउँछन् ।

    सम्राट बस्नेत निर्देशीत सिनेमामा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा र निर्माण रहेको सिनेमाको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् ।

    हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको सिनेमा सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको सिनेमाका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन ।

    औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको सिनेमाकोे पटकथा आकाश बरालले हुन भने संवाद लेखनमा उनलाई अनुप न्यौपाने सघाएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २९, २०७९ शनिवार - १६:४३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology