आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अमृता स्मृतिको नयाँ कविता कृति "नदीको तिर्खा" लोकार्पण

अमृता स्मृतिको नयाँ कविता कृति "नदीको तिर्खा" लोकार्पण

नागरिक पाटी

६, कार्तिक २०७९
  • 5.7K
    SHARES
  • अमृता स्मृतिको नयाँ कविता कृति "नदीको तिर्खा" लोकार्पण

    काठमाडौं । कवि अमृता स्मृतिको नयाँ कविताकृति "नदीको तिर्खा" लोकार्पण गरिएको छ । शनिवार काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो ।

    images

    कार्यक्रममा नदीको तिर्खा पुस्तकमा समावेश कविताहरूको चर्चा परिचर्चा गरिएको थियो । पुस्तकमाथि धारणा राख्दै कवि उमेश अकिञ्चनले कवि अमृता स्मृतिको कविता सशक्त र सरल रहेको बताए । उनले कवितामा नारी विद्रोह समेत समावेश गरेको उल्लेख गरे । उनले भने, "समग्रमा कविताकृति विभेदविरुद्धको पैरवी गरेको मैले पाएँ, जुन साँच्चै राम्रो छ ।"

    कार्यक्रमका विशिष्ट र अतिथि शैलेश साकारले अहिलेको समयको आवाज कवि स्मृति भएको बताए । उनले पुस्तकमाथि धारणा राख्दै कविले कवितामार्फत विद्रोह गरेको सुनाए ।उनले भने, "अहिले देशको अवस्था नै यस्तै छ, कवितामा विद्रोह छ, शक्तिशाली छ ।"

    विशिष्ट अतिथि कवि साकारले कवितामा परिस्कृत विम्बको प्रयोग भएको बताए । उनले भने,"म कविता संग्रहको शीर्षकबाटै प्रभावित भएँ ।"

    nadi ko tirkha.jpg

    कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ कवि तुलसी दिवसले कवितामा कवि इमानदारी भएको सुनाए । कवि अमृता स्मृतिफे कविता संग्रहमा शशक्त कविता लेखेको सुनाए । कवि तुलशी दिवसले चर्चाको लागि मात्रै कविता लेख्न नहुने उल्लेख गरे । उनले भने, "पारिवारिक मात्रै हैन राष्ट्रिय घटनामा पनि कविता लेख्न सक्नुपर्छ, यसमा कवि इमान्दारी हुनुपर्छ, यसमा कवि अमृता स्मृति सजग हुनुहुन्छ ।"

    कविता संग्रह लोकार्पण कार्यक्रममा बोल्नेहरू सबे कवि रहेको भन्दै वरिष्ठ कवि तुलसी दिवसले खुशी व्यक्त गरे । "भाषा शैलि र प्रस्तुतिमा कविको आफ्नो पन देखिएको छ, जुन निकै राम्रो छ " उनले भने ।

    कवि अमृता स्मृतिले कार्यक्रममा १० वर्षपछि नयाँ पुस्तक सार्वजनिक गर्न पाउँदा खुशी लागेको सुनाइन् । उनले कविताकृतिप्रति आआफ्नो सल्लाहसुझाव दिन आग्रह गरिन् ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ६, २०७९ आइतवार - १०:४४:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology