शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आयात प्रतिबन्धले व्यापार घाटामा सुधार

आयात प्रतिबन्धले व्यापार घाटामा सुधार

नागरिक पाटी

१४, कार्तिक २०७९
  • 5.0K
    SHARES
  • आयात प्रतिबन्धले व्यापार घाटामा सुधार

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन, भदौ र असोजको समग्र व्यापार स्थितिअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात १६.२ प्रतिशतले घटेको छ ।

    images
    images

    गत वर्ष सोही अवधिमा ४ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्षमा केही वस्तुमा लागेको प्रतिबन्धले आयात घट्न पुगेको भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । ‘प्रतिबन्ध खोल्दा आयात बढ्न जान्छ, धेरै सवारीसाधन भन्सारमा आएर जाँचपास नभई थन्किएका छन्,’ उनले भने, ‘भन्सार पास भएपछि बल्ल यसको तथ्यांक देखिन्छ ।’

    सरकारले मंसिर मसान्तसम्मका लागि चारपांग्रे सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय डलरभन्दा माथिका मोबाइल र तयारी विदेशी मदिराको आयात प्रतिबन्ध गरेको छ । उच्च आयातका कारण विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले वैशाख दोस्रो सातादेखि नै आयातमा प्रतिबन्ध लगाएको हो । बीचमा भदौ १४ देखि भने ६ प्रकारका वस्तुको आयात खुलाइए पनि चार प्रकारका वस्तुमा प्रतिबन्ध कायमै छ ।

    आयात १६ प्रतिशत घट्दा निर्यात भने ३५ प्रतिशत घटेको छ । साउन, भदौ र असोजमा समग्र ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । जब कि गत वर्षको यसै अवधिमा ६५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । खासगरी सोयाबिन र पाम तेल निर्यात प्रभावित भएसँगै समग्र निर्यातमा कमी आएको खड्काले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०७९ सोमवार - ०८:०६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology