शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दुई सातामा ‘महापुरुष’ले कमायो सात करोड ग्रस कलेक्सन

दुई सातामा ‘महापुरुष’ले कमायो सात करोड ग्रस कलेक्सन

नागरिक पाटी

२५, कार्तिक २०७९
  • 4.8K
    SHARES
  • दुई सातामा ‘महापुरुष’ले कमायो सात करोड ग्रस कलेक्सन

    फिल्म ‘महापुरुष’का निर्माताले दुई साताको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । जसअनुसार फिल्मले १४ दिनमा ७ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो साता चार करोड ५६ लाख रुपैयाँ ग्रस र दोस्रो साता दुई करोड ८३ लाख रुपैयाँ ग्रस कमाइ गरेको जारी विवरणमा उल्लेख छ ।

    images
    images

    फिल्मले पहिलो साता काठमाडौं उपत्यकामा तीन करोड ६ लाख र दोस्रो साता एक करोड ८९ लाख ग्रस कमाएको उल्लेख छ । पहिलो साता उपत्यकाबाहिर एक करोड ५० लाख र दोस्रो साता ९४ लाख रुपैयाँ कमाइ गरेको निर्माताले जनाएका छन् ।

    तथ्यांकअनुसार फिल्मले काठमाडौं उपत्यकामा बाहिरको तुलनामा दोब्बर कमाइ गरेको देखिन्छ । शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - १६:५२:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology