पछिल्लो समय कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । देशभर सक्रिय संक्रमित ४४४ जना रहेका छन् ।
आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७८ परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै १७ जना निको भएका छन् ।