शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दोलखामा आज पुनः मतदान सुरु

दोलखामा आज पुनः मतदान सुरु

नागरिक पाटी

१५, मंसिर २०७९
  • 3.0K
    SHARES
  • दोलखामा आज पुनः मतदान सुरु

    दोलखा । दोलखाका चार मतदान केन्द्रमा बिहीबार पुनः मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

    images
    images

    यी मतदान केन्द्रअन्तर्गत १० वटा बुथ छन्। ती बुथमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र आवश्यक कर्मचारी गरी ८० जना खटाइएको छ। जहाँ ८ हजार ५ सय १४ जना मतदाता छन्। मतदानलाई शान्तिपूर्ण बनाउन र सबै मतदातालाई निर्भयपूर्वक मतदान गर्ने वातावरण बनाउन ४ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए।

    एमाले दोलखाले गठबन्धन दलले जिल्लाका ८ मतदान केन्द्रमा बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोपसहित मंसिर ४ गते साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको थियो। त्यसपछि निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली दोलखा पठाएको थियो।

    उक्त टोलीले प्रतिवेदन दिएपछि आयोगले मंसिर ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय १५ गतेभित्र बैतेश्वर–२ को जनज्योति मावि मतदान केन्द्रका क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग तीन, वडा नम्बर ६ बैतेश्वर मावि मतदान केन्द्रका क, ख र ग तथा तामाकोशी–३ स्थित हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० बुथमा पुनः मतदान गर्न निर्देशन दिएको थियो।

    आयोगको निर्देशनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले मंसिर १२ गते बैठक बसी मंसिर १५ गते बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - ०८:०५:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology