शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ महोत्सवमा थाक्रेबाट कालो उखुको स्टल तथा महिला पञ्चेबाजा प्रस्तुती रहने

धादिङ महोत्सवमा थाक्रेबाट कालो उखुको स्टल तथा महिला पञ्चेबाजा प्रस्तुती रहने

नागरिक पाटी

२२, मंसिर २०७९
  • 5.8K
    SHARES
  • धादिङ महोत्सवमा थाक्रेबाट कालो उखुको स्टल तथा महिला पञ्चेबाजा प्रस्तुती रहने

    धादिङ । आठौँ धादिङ महोत्सव २०७९ मा थाक्रे गाउँपालिकाबाट कालो उखु र त्यसको जुसको स्टल रहने भएको छ । साथै गाउँपालिकामा रहेको महिला पञ्चेबाजाको टोलीद्धारा साँस्कृतिक झाँकी प्रस्तुत गरिने मुल आयोजक समितिले जानकारी दिएको छ ।

    images
    images

    उखुको स्टलमा खेतीको आधुनिक तरिका, कालो उखुको फाइदा र महत्वका विषयमा जानकारी गराइने तथा महोत्सव अवलोकन कर्ताहरुले कालो उखुको जुसको स्वाद लिन पाउने ब्यवस्था मिलाइने आयोजकले जानकारी दिएको छ ।

    महोत्सवलाइ सर्वपक्षिय बनाउन तथा पालिकाहरुका प्रचार योग्य बस्तु, सेवा, सस्कृति र सम्पदाहरुको प्रचारप्रसारमा सहयोग गर्न मुल आयोजक समितिले पालिकाका अध्यक्षहरुसंग गरेको छलफलका क्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले उक्त जानकारी गराउनुभएको हो ।
    मंगलबार र बुधवार दक्षिणी धादिङको थाक्रे, गल्छी र गजुरी गाउँपालिका प्रमुखहरुसंग छलफल गरिएको धादिङ उद्योग बाणिज्य संघ धादिङका महासचिव एवं महोत्सव प्रचार प्रसार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो ।

    छलफलका क्रममा गल्छी गाउँपालिकाबाट बोट विरुवा तथा फलफुलका नर्सरीहरुको स्टल रहने गाउँपालिका अध्यक्ष केदार खतिवडाले प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै गजुरी गाउँपालिकाले पनि गाउँपालिकाको चेपाङ सस्कृति र रहनसहनलाइ प्रस्तुत गर्नको लागि पहल थालिएको बताउनुभएको छ ।

    धादिङका सवै पालिका प्रमुखहरुसंग छलफल गरी पालिका भित्रका प्रदर्शन योग्य बस्तु, सेवा, सस्कृति र सम्पदाहरुलाइ महोत्सवमा समावेश गरिने मुल आयोजक समितिले जानकारी दिएको छ ।

    धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक विष्णु थपलियाको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष राम कुमार डल्लाकोटी, संघका पदाधिकारी एवं सदस्यहरुको सहभागीताधादिङका सवै गाउँपालिका तथा नगरपालिकामा छलफल जारी रहने धादिङ उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०७९ बिहिवार - १३:२९:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology