आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सरकार सञ्चालनमा सघाउन ओली नेतृत्वमा बन्यो उच्चस्तरीय संयन्त्र

सरकार सञ्चालनमा सघाउन ओली नेतृत्वमा बन्यो उच्चस्तरीय संयन्त्र

नागरिक पाटी

१५, पौष २०७९
  • 3.3K
    SHARES
  • सरकार सञ्चालनमा सघाउन ओली नेतृत्वमा बन्यो उच्चस्तरीय संयन्त्र

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार सञ्चालनमा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको छ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले पाँच सदस्यीय संयन्त्र गठन गरेको हो। संयन्त्रमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वप० का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सदस्य छन्।

    त्यसैगरी बैठकले आगामी पाँच वर्षका लागि सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ। त्यसका लागि उपप्रधान एवं अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति बनाइएको छ। उक्त समितिमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राप्रपाका महामन्त्री धवलशमशेर जबरा र रास्वपका मुकुल ढकाल सदस्य छन्। आवश्यकताअनुसार सदस्य थप गर्दै लान सकिने पनि बताइएको छ। जनतालाई राहत दिनेगरी न्यूनतम कार्यक्रम ल्याउन सो समितिले सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल गरी काम गर्ने बताइएको छ। ‘मुख्यगरी सुशासनलाई प्राथमिकता दिइनेछ, विकास निर्माण र यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका अधुरा कामलाई पनि नीतिगत रूपमै अघि बढाइनेछ,’ बैठकमा सहभागी एक नेताले भने।

    बैठकमा सुुशासनलाई पहिलो प्राथमिकता राखेर सरकारलाई अघि बढाउने र सोहीअनुसारका कार्यक्रम तथा योजना ल्याउने विषयमा पनि छलफल भयो। प्रविधिमैत्री कार्यालय र कर्मचारीको आचार–व्यवहार सुधारका विषयमा पनि बैठकले जोड दिएको छ। सरकारको प्राथमिकतामा पारदर्शिता, सुशासन र जनमैत्री कामलाई राखिने एमालेका एक नेताले बताए। ती नेताका अनुसार बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवावस्थामा सीप, उद्यमशीलता र रोजगारी तथा ज्येष्ठ उमेरमा सम्मान, संरक्षण र सुरक्षा प्रदान गर्ने विषयलाई सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिने भएको छ। यसैगरी शिक्षा क्षेत्र सुधारलगायतका विषयमा आवश्यक योजना पनि कार्यक्रममा समेटिने ती नेताको भनाइ छ । नागरिक दैनिकबाट

     

    images
    images
    images
    प्रकाशित मिति :पौष १५, २०७९ शुक्रवार - ०८:११:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology