आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कालिञ्चोक दर्शनको आईपीओ माघ ३ गतेदेखि

कालिञ्चोक दर्शनको आईपीओ माघ ३ गतेदेखि

नागरिक पाटी

२४, पौष २०७९
  • 3.8K
    SHARES
  • कालिञ्चोक दर्शनको आईपीओ माघ ३ गतेदेखि

    कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयार (आईपीओ) निष्कासन गर्ने भएको छ । आउँदो माघ ३ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

    images

    कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

    सर्वासाधारणलाई छुट्ट्याइएको मध्ये पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । दुई प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्ट्याइएको छ ।

    सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा चार हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा माघ ६ गते हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म मागानुसार आवेदन नपरेमा निष्कासन अवधि माघ १७ गतेसम्म थप गरिनेछ ।

     

    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - ०७:५७:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology