शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘पठान’ ले बनायो नयाँ कीर्तिमान

‘पठान’ ले बनायो नयाँ कीर्तिमान

नागरिक पाटी

१७, माघ २०७९
  • 3.9K
    SHARES
  • ‘पठान’ ले बनायो नयाँ कीर्तिमान

    मुम्बई । शाहरुख खानको फिल्म पठानले लगातार पाँचौँ दिन नयाँ कीर्तिमान बनाएको छ । यशराज फिल्म्सका अनुसार पठानले पाँच दिनमा विश्वभर ५ सय ४३ करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्मले भारतमा करिब ३ सय ३५ करोड भारु र भारत बाहिर २०८ करोड भारु कमाएको हो ।

    images
    images

    यशराज फिल्म्सले पठान हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा छिटो कमाउने फिल्म भएको दाबी गरेको छ । शाहरुख खानको फिल्म पठान २५ जनवरीमा रिलिज भएको थियो र रिलिज भएको दिनदेखि नै यो फिल्मले हरेक दिन कमाईको नयाँ रेकर्ड बनाइरहेको छ । शाहरुख पठानसँग चार वर्षपछि पर्दामा फर्किएका हुन् । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन् ।

    पठानले हालसम्म कति रेकर्ड बनायो ?

    पठानले पहिलो दिन भारतमा ५७ करोड कमाएको थियो । प्रख्यात फिल्म ट्रेड समालोचक कोमल नाहटाले त्यसपछि ट्वीट गरेका थिए, ‘यो कुनै पनि हिन्दी फिल्मको सबैभन्दा ठुलो ओपनिङ हो, त्यो पनि छुट्टी नहुँदा र फिल्मको सिक्वेल नहुँदा ।”

    पहिलो दिन पठानले विश्वभरका थिएटरबाट कुल १०६ करोड रुपैयाँ कमाएको थियो । दोस्रो दिन पठानले भारतमा ८२ करोड कमायो । हिन्दी संस्करणमा यो कमाई करिब ६८ करोड रुपैयाँ थियो । पठानको दोस्रो दिनको कूल कमाई करिब ११३ करोड रुपैयाँ थियो ।

    यशराज फिल्म्सका अनुसार पठान दुई दिनमै विश्वभर १०० करोडभन्दा बढी कमाउने एक मात्र फिल्म हो ।

    तेस्रो दिन पठानको कुल कमाई ३१३ करोडभन्दा बढी थियो । फिल्मले तेस्रो दिनसम्म भारतमा २०१ करोड र विदेशमा ११२ करोड कमाएको थियो । यशराज फिल्म्सका अनुसार शाहरुख खानको फिल्म पठानले चौथो दिनसम्म विश्वभर ४२९ करोड, भारतमा २६५ करोड र भारत बाहिर १६४ करोड रुपैयाँ कमाएको छ । पठान फिल्मका निर्माताहरुले पठान संसारमा सबैभन्दा छिटो ४ सय करोड कमाउने हिन्दी फिल्म भएको दाबी गरेका छन् ।

    यी सबै बाहेक पठान फिल्मका कारण धेरै सिंगल स्क्रिन थिएटरमा पनि चमक फर्किएको छ । शाहरुख खानले ट्वीटरमा यस्ता धेरै थिएटरको लिस्ट सेयर गरेका थिए । कोरोनापछिको समय थिएटर र चलचित्र उद्योगका लागि राम्रो थिएन ।

    यस्तो अवस्थामा पठानले करोडौँ रुपैयाँ कमाउन थालेपछि शाहरुखका फ्यान बाहेक फिल्म इन्डस्ट्रीमा पनि खुसीको माहौल छ । पठान फिल्मको अचम्मको कुरा थियो कि ३३ वर्षपछि श्रीनगरको एउटा सिनेमा हल बाहिर हाउसफुल बोर्ड लगाइयो । सन् १९९० मा कश्मीर अशान्त भएपछि यस्तो पहिलो पटक भएको हो । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - ०६:१०:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology