शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निफको जुरीमा प्रियंका मनोनित

निफको जुरीमा प्रियंका मनोनित

नागरिक पाटी

१९, माघ २०७९
  • 4.2K
    SHARES
  • निफको जुरीमा प्रियंका मनोनित

    काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरीमा छनौट भएकी छन् । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले फिचर चलचित्र तर्फको जुरी सदस्यमा उनलाई छनोट गरेको हो । प्रियंकासँगै माया एकेडेमीका इन्द्रलाल बलामी पनि जुरीमै मनोनित भएका छन् । बलामी छोटा चलचित्र र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।

    images
    images

    प्रियंका दर्जनौं फिल्म अभिनय गरेकी चर्चित अभिनेत्री हुन् भने इन्द्रलाल माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक हुन् । उनले फिल्मको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफ योग्य भूमिका निर्वाह गर्दै आएका छन् ।

    आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) यस वर्ष ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने नेपाल फिल्म एण्ड कल्चर एकडेमीले अध्यक्ष केपी पाठकले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १९, २०७९ बिहिवार - ११:२०:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology