आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भूगोल इनर्जीको आईपीओ फागुन ८ गतेदेखि बिक्रीमा आउने

भूगोल इनर्जीको आईपीओ फागुन ८ गतेदेखि बिक्रीमा आउने

नागरिक पाटी

१, फाल्गुण २०७९
  • 3.9K
    SHARES
  • भूगोल इनर्जीको आईपीओ फागुन ८ गतेदेखि बिक्रीमा आउने

    भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ फागुन ८ गतेदेखि बिक्रीमा आउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याउन लागेको हो ।

    images

    कम्पनीले ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८ हजार ८११ कित्ता सेयर जारी गर्न लागेको हो ।

    आयोजना प्रभावित स्थानीयका लागि जारी गर्ने आईपीओमा आयोजना अतिप्रभावित क्षेत्र नौमुलेद्वारी–३ दैलेखका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता र त्यसबाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।

    यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ । यस आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन २५ गते गतेसम्म आवेदन दिन पाउने छन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने छिटोमा फागुन २५ गते र ढिलोमा चैत १२ गते बैंकिङ समयपछि हुने भनिएको छ।

    स्थानीय बासिन्दाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - १५:२१:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology