शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वर्षा शिवाकोटी स्टारर ‘ए साथी सुन’को पोस्टर र प्रदर्शन मिति सार्वजनिक

वर्षा शिवाकोटी स्टारर ‘ए साथी सुन’को पोस्टर र प्रदर्शन मिति सार्वजनिक

विष्णु ठकुरी

६, फाल्गुण २०७९
  • 6.0K
    SHARES
  • वर्षा शिवाकोटी स्टारर ‘ए साथी सुन’को पोस्टर र प्रदर्शन मिति सार्वजनिक

    काठमाडौं । वर्षा शिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज डेट सार्वजनिक गरेको छ । सार्वजनिक भएका दुई पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ ।

    images
    images

    यो फिल्म चैत १० गते रिलिज हुने भएको छ । लभस्टोरी, थ्रीलर र कमेडी जानराको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा छन् ।

    राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । सह–निर्मातामा सुदीप पौडेल छन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७९ शनिवार - १५:४३:५२ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology