आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त

नागरिक पाटी

७, फाल्गुण २०७९
  • 3.4K
    SHARES
  • कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त

    काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

    images

    यसअघि सीईओ छनोट समितिले तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीमध्येबाट गुरुङलाई सीईओ बनाउने निर्णय बोर्डले गरेको थियो । नवनियुक्त सीईओ गुरुङले भोलि सोमबारदेखि कार्यभार सम्हाल्ने भएका छन् ।

    बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि २२ जनाले आवेदन दिएका थिए । ति मध्ये पाँच जना सर्ट लिष्टिङ भएको थियो । सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका थिए। सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०७९ आइतवार - १६:०५:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology