आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डा.सन्दुक रुइतलाई बहराइनमा १० लाख डलर बराबरको ‘इसा अवार्ड’ प्रदान

डा.सन्दुक रुइतलाई बहराइनमा १० लाख डलर बराबरको ‘इसा अवार्ड’ प्रदान

नागरिक पाटी

१०, फाल्गुण २०७९
  • 5.5K
    SHARES
  • डा.सन्दुक रुइतलाई बहराइनमा १० लाख डलर बराबरको ‘इसा अवार्ड’ प्रदान

    तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत ‘इसा अवार्ड’ बाट सम्मानित भएका छन् ।

    images

    बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेका प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिइन् । उनका अनुसार बहराइनका राजा अल खालिफाले डा.रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्डसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

    ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हुन् । गत माघ महिनामा डा. रुइतलाई उक्त संस्थाले इसा अवार्ड दिने घोषणा गरेको थियो ।

    उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उनी छनोट भएका थिए । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।

    डा. रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गरेका छन् । उनले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्रा अकुलर लेन्स’ उत्पादन गर्दै आएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - ०७:५९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology