आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

नागरिक पाटी

१०, फाल्गुण २०७९
  • 3.7K
    SHARES
  • चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

    काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले हरेक हप्ता बैठक बोलाएर आगामी शैक्षिक सत्र अर्थात् २०८० साल वैशाख २ गतेबाट सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि जनक शिक्षाले चैत १५ गतेबाटै बिक्री खुला गर्न लागेको हो ।

    केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल सुर्खेत र काठमाडौंबाट बिक्री शुरू गर्न लागेको जानकारी दिँदै जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले २४ सै घण्टा प्रेस सञ्चालन गरेर भए पनि समयमै पाठ्यपुस्तक पु¥याउने लक्ष्यअनुसार काम भइरहेको बताए ।

    उनले भन्नुभयो–‘दैनिक करिब १ लाख ५० हजार थान पुस्तक तयारी भइरहेको छ । त्यसले गर्दा आगामी शैक्षिक सत्रमा पुस्तक अभाव हुँदैन ।’ उनका अनुसार कक्षा ६ देखि १० को १ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्ने दायित्वअनुसार हालसम्म ९५ लाख थान पाठ्यपुस्तक छपाइ सकिएको बताए ।

    केन्द्रले दिएको जानकारीअनुसार ८८ लाख थान तयारी भइसकेको छ । ७ लाख थान तयारीको क्रममा रहेको जनाएको छ । यही आधारलाई विश्लेषण गर्दा वैशाखको पहिलो साता विद्यार्थी भर्नासँगै सबै विद्यार्थीको हातहातमा पुस्तक पुग्ने प्रवक्ता आचार्यको भनाइ छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - ०८:३५:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology