शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

महादेवस्थान माध्यमिक विद्यालय धुनिवेशी नगरकै उत्कृष्ट

महादेवस्थान माध्यमिक विद्यालय धुनिवेशी नगरकै उत्कृष्ट

शिवराज आचार्य

१२, फाल्गुण २०७९
  • 6.2K
    SHARES
  • महादेवस्थान माध्यमिक विद्यालय धुनिवेशी नगरकै उत्कृष्ट

    धुनिवेशी । धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर ५ कुमाईखोलामा रहेको महादेवस्थान माध्यमिक विद्यालय धुनिवेशी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय तर्फ उत्कृष्ट विद्यालय घोषित भएको छ ।

    images
    images

    धुनिवेशी नगरपालिद्वारा आज शुक्रबार आयोजित “२०७८ सालको एसईई परिक्षामा उत्कृष्ट विद्यालय, विषयगत शिक्षक, बिद्यार्थी तथा सेवा निवृत्त शिक्षक कर्मचारीहरुको सम्मान कार्यक्रम“ का बीच विद्यालयलाई २०७८ को एसईई परिक्षाको नतिजाको आधारमा धुनिवेशी नगरपालिका भित्रका सामुदायिक विद्यालयको तर्फबाट उत्कृष्ट नतिजा हाँसिल गरे बापत नगद रुं एक लाख एक सय एघार रुपैयाँले सम्मान गरिएको छ ।

    उक्त विद्यालय २०७५ सालको एसईई परिक्षामा समेत प्रथम भएको थियो । त्यस पछि लगातार कोरोनाको कारणले रोकिएको कार्यक्रम यो पटक पुनः आयोजना गरिएको धुनिवेशी नगरपालिका शिक्षा शाखाले जनाएको छ।

    विद्यालयमा अध्यापन गराउने सम्पुर्ण शिक्षकहरुको छोराछोरी सोही विद्यालयमा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले बताए । विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अन्य सामुदायिक विद्यालयमा भन्दा फरक रहेको प्रधानाध्यापक रुपाखेतीको भनाई छ । यस विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाई हुने गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - १७:५६:०२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology