आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बेलकोटगढीमा २२० जना जेष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य जाँच

बेलकोटगढीमा २२० जना जेष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य जाँच

शिवराज आचार्य

१३, फाल्गुण २०७९
  • 11.2K
    SHARES
  • बेलकोटगढीमा २२० जना जेष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य जाँच

    नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य जाँच कार्यक्रम गरिएको छ । बेलकोटगढी नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जेष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तर्गत वडा नम्बर ३ का २२० जना जेष्ठ नागरिकहरुलाई सम्मान तथा स्वास्थ जाँच गरिएको हो ।

    images

    कार्यक्रममा जेष्ठ नागरिकहरुलाई हटब्याग, हर्लिक्स, ब्ल्याङकेट, पछ्यौरा वितरण गरिएको नगरपालिकाका मेयर जगत बहादुर लामाले बताए । मेयर लामाका अनुसार भजन कृतन र नाचगानका लागि आवश्यक पर्ने हार्मोनियम, मादल र तबला समेत वितरण गरिएको छ । यस्तै देबनाथ पुडासैनीको अध्यक्षतामा ११ सदस्यिय जेष्ठ नागरिक दिवा सेवा केन्द्रको पनि स्थापना भएको छ ।

    नगरपालिका प्रमुख जगत बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद बिमला सुवेदीको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डित, धुनिबेशि नगरपालिकाको प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचार्य, विभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्य नगरपालिकाको कर्मचारीहरु लगायत स्थानिय नागरिकहरुको सक्रिय सहभागीता रहेको थियो ।

    यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा सोहि स्थानमा भएको स्वास्थ्य शिविरमा ७०० जना भन्दा बढिको स्वास्थ्य परिक्षण तथा उपचार भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १३, २०७९ शनिवार - १६:४५:३४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology