आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन

नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन

नागरिक पाटी

२५, फाल्गुण २०७९
  • 3.5K
    SHARES
  • नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन

    नयाँ राष्ट्रपतिका चयनका लागि आज मतदान हुँदैछ। मतदान नयाँ बानेश्वरस्थित संसद् भवनमा हुने छ।

    images

    बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा सङ्घीय सांसद र प्रदेश सभा सदस्यले मतदान गर्ने छन्। निर्वाचन सकिएलगत्तै मतगणना शुरू गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। मतदानका लागि सङ्घीय सांसद र प्रदेश सभा सदस्यको बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

    तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्बाङ प्रतिस्पर्धामा छन्। पौडेल नौ दलको तर्फबाट उम्मेदवार हुन् भने नेम्बाङ एमाले हुन्।

    राष्ट्रपति निर्वाचनमा ८८२ मतदाता रहेका छन्। जसमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सदस्य छन्। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

    राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।
     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - ०७:४१:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology