आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राष्ट्रपतिमा निर्वाचित पौडेलको यस्तो छ राजनीतिक यात्रा

राष्ट्रपतिमा निर्वाचित पौडेलको यस्तो छ राजनीतिक यात्रा

नागरिक पाटी

२५, फाल्गुण २०७९
  • 3.4K
    SHARES
  • राष्ट्रपतिमा निर्वाचित पौडेलको यस्तो छ राजनीतिक यात्रा

    काठमाडौँ । कांग्रेस माओवादी लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

    images

    सत्र पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्दा सफलता हात नलागेका पौडेललाई राष्ट्रपतिमा भने एकै पटकमा सफलता प्राप्त भएको छ । नौ दलीय गठबन्धनले उम्मेदवार बनाउने निर्णय गरेपछि सबै पार्टीसँग मत माग्न पौडेल ‘म्याराथन दौडमा’ लागेका थिए । अन्ततः त्यसमा सफलता प्राप्त भएको छ ।

    यस्तो छ पौडेलको राजनीतिक यात्रा

    पौडेलको जन्म बिसं २००१ असोज २९ गते शनिबार तनहुँको साविक मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८मा भएको हो । मध्यमवर्गीय किसान परिवारमा जन्मिनु भएका पौडेलको स्थायी बसोबास व्यास नपा–८, बेलथुम्की, तनहुँ हो भने हाल काठमाडौं महानगरपालिका वडानम्बर–१६ स्थित बालाजुको बोहोराटारमा बस्दै आउनु भएको छ । संस्कृत साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तर पास गरेका पौडेलको राजनीतिमा प्रवेश २०१६ सालबाट भएको हो । विसं २०१६ मा पोखरामा हिमालयन छात्र संघको स्थापनासँगै पौडेल राजनीतिमा होमिएका हुन् । पोखरा विन्ध्यवासीनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल जेठ/असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि बन्नु भएका पौडेल २०१७ पुस १ गते जननिर्वाचित संसद भङ्ग गरीे प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी बनेका थिए । पौडेल २०२३ सालमा गण्डकी छात्र संघको स्थापना गरेर संस्थापक अध्यक्ष बनेका थिए ।

    २०२३ मै पौडेल सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका थिए । उनी २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ बने । त्यसपछि कांग्रेसको पार्टी राजनीतिमा लाग्नु भएका पौडेल २०३४मा नेपाली काँग्रेस तनहुँको सदस्य र २०३६ मा जिल्ला उपसभापति बने । २०३७ मा पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजक बनेका थिए । पौडेल २०४० सालमा नेपाली कांगे्रसको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख बनेका थिए ।

    उहाँ २०६२ देखि २०६४ सम्म कांग्रेको महामन्त्री बन्नु भएको थियो भने २०६४ देखि २०७२ सम्म कांग्रेसको उपसभापति भएका थिए । यसैगरी २०६४ देखि २०७० सम्म पौडेल कांग्रेस संसदीय दलको नेता बनेका थिए । नेपालमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनमा पटक पटक गरेर पौडेल १६ वर्ष जेलमा बसेका थिए । नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि भएका संसदीय निर्वाचनमा एक पटक पराजित बाहेक पौडेलले अरु सबै निर्वाचनमा विजय हासिल गरेका छन् । पौडेल २०४८ मा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि २०५१,२०५६,२०६४ र २०७० को निर्वाचनमा तनहुँ क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए भने २०७९ मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

    २०७४ को निर्वाचनमा भने पौडेल पराजित हुनुभयो । २०४८ मा पहिलोपटक पौडेल स्थानीय विकास मन्त्री नियुक्त भएका थिए । त्यसैगरी २०४९ देखि २०५१ सम्म स्थानीय विकास र कृषि मन्त्री बनेका थिए । पौडेल २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित हुनुभएको थियो । उहाँ २०५६ मा उपप्रधान तथा सूचना/सञ्चार र स्थानीय विकास मन्त्री बनेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - १८:३०:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology