आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उपराष्ट्रपति उम्मेदवारको लैङ्गिक विवादबारे जाँचबुझ हुँदै

उपराष्ट्रपति उम्मेदवारको लैङ्गिक विवादबारे जाँचबुझ हुँदै

नागरिक पाटी

२८, फाल्गुण २०७९
  • 5.0K
    SHARES
  • उपराष्ट्रपति उम्मेदवारको लैङ्गिक विवादबारे जाँचबुझ हुँदै

    काठमाण्डौ । उपराष्ट्रपति उम्मेदवारको लैङ्गिक विवादबारे जाँचबुझ हुँदैछ । उपराष्ट्रपतिमा उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेपछि लैङ्गिक विवादको निरुपण गर्ने जिम्मेवारी राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा आएको छ ।

    images

    उपराष्ट्रपतिमा चार जनाको मनोनयन पत्र दर्ता भएको छ । यादव पुरुष उम्मेदवार हुन् । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवले हिजो उम्मेदवारी दर्ता गरेका थिए । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ । जसपाबाट यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ भने एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छिन् ।

    उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टी र एमालेले उजुरी दिएको हो । खसआर्य पुरुष राष्ट्रपतिमा निर्वाचित भइसकेकाले उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने उजुरीमा उल्लेख छ । उपराष्ट्रपतिको चुनावी कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । उपराष्ट्रपति पदका लागि आउँदो चैत ३ गते मतदान हुनेछ । 

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - ०८:१२:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology