आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आजबाट बढ्यो दूधको उपभोक्ता मूल्य, प्रतिलिटर ९७ देखि १ सय रुपैयाँसम्म तिर्नुपर्ने

आजबाट बढ्यो दूधको उपभोक्ता मूल्य, प्रतिलिटर ९७ देखि १ सय रुपैयाँसम्म तिर्नुपर्ने

नागरिक पाटी

२, चैत्र २०७९
  • 2.8K
    SHARES
  • आजबाट बढ्यो दूधको उपभोक्ता मूल्य, प्रतिलिटर ९७ देखि १ सय रुपैयाँसम्म तिर्नुपर्ने

    उपभोक्ताले दूधको मूल्य प्रतिलिटर ९७ देखि १ सय रुपैयाँसम्म तिर्नुपर्ने भएको छ। दुग्ध विकास संस्थान (डीडीसी)ले ११ र निजी क्षेत्रले १४ रुपैयाँ मूल्य बढाएका हुन्।

    images

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा मूल्य बढाएको संस्थानका महाप्रबन्धक सञ्जीव झाले बताए। मन्त्रिपरिषद्ले खरिद मूल्य बढाएपछि संस्थानले बिहीबारदेखि लागू हुने गरी समायोजन गरेको हो। प्रतिलिटर ८६ रुपैयाँमा उपभोक्ताले पाइरहेको डीडीसीको दूध अब ९७ रुपैयाँमा किन्नुपर्नेछ। निजी क्षेत्रको भने १ सय रुपैयाँ तिर्नुपर्ने भएको छ।

    सरकारले २०७८ साल माघमा मूल्य समायोजन गरेको थियो। ‘कृषकको लागत बढ्यो’, महाप्रबन्धक झाले भने, ‘दूध उत्पादन व्यवसायले उत्थान नहुने, व्यवसाय छोड्ने देखिएकाले कृषकलाई संरक्षण, सुरक्षित राख्न केही समयअघि मूल्य बढाइएको थियो।’

    मन्त्रिपरिषद्को बैठकले किसानबाट ५६.४ रुपैयाँमा खरिद गर्दै आएकोमा बढाएर ६५ रुपैयाँ कायम गरेको थियो। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले मूल्यवृद्धिको असर कृषि क्षेत्रमा परेको बताए। डेरी क्षेत्रमा दिनदिनै लगानी बढ्दै गइरहेको उनको भनाइ छ।

    निजी क्षेत्रको लगानी ४० अर्ब छ। २० प्रतिशत अझै अपुग छ। दैनिक ६ करोड रकम सहरबाट गाउँसम्म जाने गरेको छ। ६ लाख किसान परिवार दुग्ध क्षेत्रमा आश्रित छन्। ३५ हजारभन्दा बढीले डेरी उद्योगमा रोजगारी पाएका छन्। कृषि क्षेत्रमा ९ प्रतिशत दुग्ध क्षेत्रको योगदान छ।

    डीडीसीले दैनिक ४० देखि ६० हजार लिटर दूध पुर्‍याउन नसकिएको जनाएको छ। घीउ, बटर पनि आपूर्ति गर्न सकेको छैन। दही, पनिरलगायत दुग्ध पदार्थको मूल्य पनि केही दिनमा तय गर्ने संस्थानको तयारी छ। पत्रपत्रिकाबाट

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २, २०७९ बिहिवार - ०८:०९:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology