आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गृह मन्त्रालयमा एकीकृत समाजवादीसहित तीन पार्टीको दाबी

गृह मन्त्रालयमा एकीकृत समाजवादीसहित तीन पार्टीको दाबी

नागरिक पाटी

३, चैत्र २०७९
  • 3.7K
    SHARES
  • गृह मन्त्रालयमा एकीकृत समाजवादीसहित तीन पार्टीको दाबी

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन्। पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन्। ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी गरेको छ। यस्तै गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने भन्दै माओवादी नेताहरूको पनि दाबी रहेको छ।

    images

    ‘गृह मन्त्रालयमा नेकपा एसका अतिरिक्त माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि तीव्र रुची देखाएका छन्,’ स्रोतले भन्यो। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए पनि गृह, अर्थ जस्ता मन्त्रालयमा कुन पार्टीले सम्हाल्ने भन्ने विवाद कायमै छ। विभिन्न दलका शीर्ष नेता नै गृह अर्थ जस्ता मन्त्रालयमा दावी गरिरहेको र त्यसमा पनि माधव नेपाल नेतृत्वको नेकपा एसका नेताहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायतका नेताहरूले नै गृह मन्त्रालय आफूहरूले पाउनुपर्ने भन्दै आएका छन्।

    नेकपा एसबाट उनीहरू दुईमध्ये एकले सरकारको नेतृत्व गर्ने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ मा विश्वासको मत लिने भन्दै बिहीबार संघीय संसद्मा पत्र पठाइसकेको र चैत ७ गतेबाट सरकार विस्तार हुने भएपछि तीन पार्टीले नै गृहमन्त्रालयको दाबी गरेका हुन्। प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिनेगरी यसअघिबाटै आन्तरिक रूपमा शीर्ष तहमा छलफल गरिरहेका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - ०८:२०:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology