आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को ट्रेलर सार्वजनिक

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को ट्रेलर सार्वजनिक

नागरिक पाटी

१०, चैत्र २०७९
  • 5.4K
    SHARES
  • दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को ट्रेलर सार्वजनिक

    काठमाडौँ । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘बिहे पास’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको मुख्य पात्र दयाहाङ वरिपरि घुमेको छ । ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह परम्पराको पाटो समेत चित्रण गरिएको छ ।

    images

    लोकसेवाको परीक्षा दिएर सरकारी सेवामा नाम निकाल्न एक ब्यक्तिले गर्ने संघर्ष र सरकारी जागिर नहुँदा विवाहमा उत्पन्न गरेको समस्या फिल्मले कथा बनाएको छ । दयाहाङ र प्रकृतिको अलवा फिल्ममा शिशिर बाङदेल, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका रहेको छ ।

    प्रवेश पौडेलको निर्देशन र रोजन श्रेष्ठको निर्माण रहेको फिल्म वैशाख १ गते प्रदर्शन हुँदैछ । निर्माण युनिटले दयाहाङको अन्य फिल्मको रेकर्ड बिहे पासले तोड्ने बताएका छन् । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । अभिनेत्री श्रेष्ठ भने ७ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - १७:११:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology