आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल कमर्श क्याम्पसको निर्वाचन स्थगित

नेपाल कमर्श क्याम्पसको निर्वाचन स्थगित

नागरिक पाटी

११, चैत्र २०७९
  • 4.1K
    SHARES
  • नेपाल कमर्श क्याम्पसको निर्वाचन स्थगित

    काठमाडौँ । नेपाल कमर्श क्याम्पस मिनभवनमा शनिबार हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले एक सूचना जारी गर्दै निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।

    images

    क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवालले क्याम्पसमा निर्वाचन सम्बन्धि काम कारबाही अगाडी बढाउने क्रममा असहज र असामान्य परिस्थिति श्रृजना हुन पुगेको र निर्वाचन सम्बन्धि काम कारवाही अगाडी बढाउन सक्ने अवस्था नभएको निष्कर्षसहित निर्वाचन स्थगित गरिएको बताएका छन् ।

    क्याम्पस प्रमुख सिलवाल र निर्वाचन अधिकृत लालबहादुर बस्नेतद्वारा संयुक्त हस्ताक्षरसहित जारी सूचनामा स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समितिको चैत ११ गते बसेको संयुक्त बैठकले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको उल्लेख छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०७९ शनिवार - १७:३२:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology