आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नवज्योती सहकारीद्धारा सहकारी व्यवस्थापनमा महिलाको भूमिका विषयमा तालिम सञ्चालन

नवज्योती सहकारीद्धारा सहकारी व्यवस्थापनमा महिलाको भूमिका विषयमा तालिम सञ्चालन

शिवराज आचार्य

९, बैशाख २०८०
  • 5.0K
    SHARES
  • नवज्योती सहकारीद्धारा सहकारी व्यवस्थापनमा महिलाको भूमिका विषयमा तालिम सञ्चालन

    धार्के। नवज्योती बचत तथा ऋण सहकारी संस्था लिद्धारा एक दिन सहकारी व्यवस्थापनमा महिलाको भूमिका विषयमा तालिम सञ्चालन गरेको छ ।
    सहकारी व्यवस्थापनमा महिलाको भूमिका विषयमा नव कुमार अधिकारीले प्रशिक्षण गर्नु भएको थियो ।

    images

    342509665_670183434866036_8748008681364038902_n.jpg

    नवज्योती सहकारीले सहकारी व्यवस्थापनमा महिलाको भूमिका बृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको सहकारीका अध्यक्ष अर्जुन आचार्यले बताए। नवज्योती सहकारीले नागरिकका जीवन सगं जोडिएका विषयहरुमा काम गरिरहेको उनको बनाई छ । आगामी दिनमा सहकारीले महिलाहरुको सक्रिय सहभागीता हुने गरी काम गर्न बताए ।

    कार्यक्रम उद्घाटन गर्नु हँुदै जिल्ला सहकारी संघ धादिङ्गका अध्यक्ष रामचन्द्र आचार्यल सहकारी बैक तथा वित्तिय सँस्था भन्दा फरक रहेको र आफु पनि यस नवज्योती सहकारीको संस्थापक सञ्चालक रहेको र यसले जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बताए। अध्यक्ष आचार्यले सहकारीलार्ई गाउँ गाउँसम्म पुराउन र सेवा दिन आग्रह गरेका छन् ।

    कार्यक्रममा सहकारीका अध्यक्ष अर्जुन आचार्य,जिल्ला सहकारी संघ धादिङ्गका अध्यक्ष रामचन्द्र आचार्य, उपाध्यक्ष राम बहादु आचार्य,व्यवस्थापक हरिहर लुइटेल संचालक समिति सदस्य,लेखा समिति, ऋण उपसमिति, शिक्षा समिति, महिला उप समिति लगायत सहकारीका महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ९, २०८० शनिवार - २१:४२:२१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology