धादिङ । दोश्रो चरौँदी कृषि तथा पर्यटन मेला २०८० आज देखि सुरु हुने भएको छ । जिल्ला होटल संघ धादिङ्गको आयोजना तथा चरौदीँ समाज सुधार युवा क्लवको सह–आयोजनामा बेनीघाट रोराङ ७ स्थित चरौँदी बजारमा महोत्सव आयोजना गरिएको हो ।
मेलामा बिभिन्न समुदायको झाकीँ, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । बैशाख १४ देखि बैशाख २४गते सम्म चल्ने उक्त मेलामा बाल मैत्री देखी कृषि पर्यटनलाई मुख्य आकर्षकको केन्द्र बनाईएको आयोजकले बाएको छ।
मेलाको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युबराज दुलालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप शाखा चरौदीँबाट १६ गते बृहत रक्तदान कार्यक्रम पनि आयोजना गरिएको बताएको छ।