आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोभिडबाट थप एक सङ्क्रमितको मृत्यु

कोभिडबाट थप एक सङ्क्रमितको मृत्यु

नागरिक पाटी

१६, बैशाख २०८०
  • 3.1K
    SHARES
  • कोभिडबाट थप एक सङ्क्रमितको मृत्यु

    काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना महामारी सुरु भएयता नेपालमा १२ हजार ३० जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाबाट हुने मृत्युदर १।२ प्रतिशत रहेको छ ।

    images

    पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २२ तथा एन्टीजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । यही अवधिमा थप ३५ जना निको पनि भएका छन् ।

    योसँगै पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३६१ पुगेको छ । यसमध्ये हाल २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १६, २०८० शनिवार - १८:२६:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology