आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जापानमा भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु

जापानमा भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु

नागरिक पाटी

३, जेठ २०८०
  • 9.9K
    SHARES
  • जापानमा भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु

    जापानको सेन्दाइमा भएको बस दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

    images

    मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। थापा सेन्मोन गाक्कोउमा अध्ययनरत थिए भने तामाङ निहोनगो गाक्कोउमा।

    सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखिएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो।

    सोही क्रममा बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। ट्रकको ठक्करपछि बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - ०७:०७:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology