आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महालक्ष्मी विकास बैंक धार्के शाखाद्धारा रक्तदान कार्यक्रम, ८९ जनाले गरे रक्तदान

महालक्ष्मी विकास बैंक धार्के शाखाद्धारा रक्तदान कार्यक्रम, ८९ जनाले गरे रक्तदान

शिवराज आचार्य

७, जेठ २०८०
  • 6.1K
    SHARES
  • महालक्ष्मी विकास बैंक धार्के शाखाद्धारा रक्तदान कार्यक्रम, ८९ जनाले गरे रक्तदान

    धार्के,धादिङ । महालक्ष्मी विकास बैंकको २९ औं बार्षिक उत्सवको अवसरमा आज आईतबार रक्तदान कार्यक्रम भएको छ । धुनिबेशी नगरपालीका वडा नं ६ को धार्के बजारमा रहेको महालक्ष्मी विकास बैंकको शाखा कार्यालय धार्केमा रक्तदान कार्यक्रम भएको हो ।

    images

    रक्तदान कार्यक्रममा ८९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धुनिवेशी उपशाखाका सभापती रामबाबु रेग्मीले जानकारी दिए । उक्त रक्तदान कार्यक्रममा १२ जना महिला र ७७ जना पुरुषले रक्तदान गरेका छन्।

    रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र धादिङ, धादिङ जेसीज, नेपाल रेडक्रस सोसाइटी धुनिवेशी उपशाखाको संयोजन तथा सहयोग रहेको थियो । कार्यक्रममा धादिङ रेडक्रसका सभापति दुर्लब कुमार तामाङ,विभिन्न बैंक तथा संस्थाका प्रतिनिधिहरु, स्थानीय ब्यापारीहरु, स्थानीय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ७, २०८० आइतवार - १७:२९:५५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology