आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु

इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु

नागरिक पाटी

८, जेठ २०८०
  • 2.2K
    SHARES
  • इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु

    चितवन । जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ । गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो । 

    images

    स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ती वडामा रहेका छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो । विशेष खोप अभियानमा दुई हजार दुई सय ७० बालबालिका सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार १३ वटा केन्द्रबाट खोप दिन लागिएको हो ।

    गाउँपालिकाको वडा नम्बर ५ र ६ मा चैत महिनाको अन्तिम साता दादुरा रोग देखापरेको थियो । पूर्ण खोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए । दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्ने गरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    मिजल्ड भाइरसका कारण सर्ने यो रोगले छिट्टै महामारीको रुप पनि लिन सक्ने उनले बताए । दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुन सक्ने कार्यालयले जनाएको छ ।

    यो भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएका व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ । ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसको साथै रुघाखोकी, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्ष्यण पनि देखिन सक्ने उनले बताए ।

    रोगीको सम्पर्कमा आएको १०/१२ दिन पछि मात्र दादुराको लक्षण देखापर्ने गर्दछ । सङ्क्रमित व्यक्तिलाई चार दिन अगाडिदेखि र डाबर देखापरेको चार दिन पछि सम्म अर्को व्यक्तिमा सर्न सक्दछ । रासस

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - ०७:२९:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology