आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्छौं : भारतीय प्रधानमन्त्री मोदी

नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्छौं : भारतीय प्रधानमन्त्री मोदी

नागरिक पाटी

१८, जेठ २०८०
  • 5.1K
    SHARES
  • नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्छौं : भारतीय प्रधानमन्त्री मोदी

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका छन् । उनले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका हुन् ।

    images

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बिहीबार सम्बोधन गर्दै मोदीले भने, ‘हामी आफ्नो सम्बन्धको हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौं । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौं ।’

    मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै अझ धेरै बलियो बनाउने बताए । ‘यो सुन्दर क्षणको अझ बढी महत्त्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौं कि रामायण सर्किससँग सम्बन्धित परियोजनामा तीब्रता ल्याउनु पर्छ,’ उनले भने ।

    संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री दाहालले पनि सीमा समस्या समाधानको विषयमा बोले । उनले भने, ‘प्रधानमन्त्री मोदीजी र मैले सीमा मामिलाको बारेमा पनि छलफल गर्यौं । मैले मोदीजीलाई सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेँ ।’

    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १४:२२:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology