आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रेको केवलपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४ सय भन्दाबढिको स्वास्थ्य परिक्षण

थाक्रेको केवलपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४ सय भन्दाबढिको स्वास्थ्य परिक्षण

शिवराज आचार्य

२१, जेठ २०८०
  • 4.6K
    SHARES
  • थाक्रेको केवलपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४ सय भन्दाबढिको स्वास्थ्य परिक्षण

    धादिङको थाक्रे गाउँपालिका वडा नं. ९ मा १ दिने बृहत निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    images

    थाक्रे गाउँपालिका वडा नं. ९ को आयोजना तथा सहिद मेमोरियल अस्पताल कलंकीको प्राविधिक सहयोगमा १ दिने बृहत निशुल्क महिला स्वास्थ्य शिविर भएको हो।

    स्वास्थ्य शिविरमा हाड्जोर्नी सम्बन्धी सेवा, नाक, कान, घाँटी सम्बन्धी सेवा,महिला तथा स्त्री रोग सेवा,फिजिसियन सेवा सामान्य सर्जरी सेवा साथै भिडियो एक्सरे र ल्याब सेवा लगाएतका सेवाहरु दिइएको शिविरमा ४ सय ५६ जनाले सेवा लिएका थिए।

    थाक्रे ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यको अध्यक्षमातामा भएको स्वास्थ्य शिविरमा गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,पृर्व उपाध्यक्ष अम्बिका आचार्य, सहिद मेमोरियल अस्पतालका सह प्रबन्धक डा. जितेन्द्र श्रेष्ठ, वडा नम्बर १० का वडा अध्यक्ष गोकुल लामिछाने , पालिका सदस्य , वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , स्वास्थ्य कर्मी , शिक्षक , स्थानिय लगाएतको सहभागिता रहेको थियो।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - ०९:३७:०० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology