आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी गाउँपालिकालाई पुर्ण खोप घोषणा

गल्छी गाउँपालिकालाई पुर्ण खोप घोषणा

शिवराज आचार्य

२१, जेठ २०८०
  • 10.1K
    SHARES
  • गल्छी गाउँपालिकालाई पुर्ण खोप घोषणा

    धादिङ । धादिङको गल्छी गाउँपालिकालाई एक कार्यक्रमका वीच पुर्ण खोप युक्त गाउँपालिका घोषणा गरिएको छ ।

    images

    जन्मेदेखी १५ महिना भित्र बालबालीकाले लगाउने १३ प्रकारका नियमित खोप लगाएको सुनिश्चित गर्न १६ महिना देखी २३ महीना भित्रका सम्पुर्ण गल्छी गाउँपालिका भित्रका बालबालीकाको घरधुरी सर्वेक्षण गएको चैत्र मसान्त सम्म सम्पन्न गरी खोप लगाउन छुटेका बालबलीकाहरुलाई समेत खोप प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद ज्ञावालीले बताए।

    347020067_1178267936203830_418062378923767775_n.jpg

    गल्छी गाउँपालीका तथा जिल्ला समन्वयन समिति धादिङबाट समेत अनुगमन गरि खोप सवैले प्रप्त गरेको सुनिश्चित भए पश्चात पालिकालाई पुर्ण खोप युक्त पालीका घोषणा गरिएको सवास्थ्य शाखा प्रमुख ज्ञावालीको भनाई छ ।

    कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा,जिल्ला समन्वयन समिति धादिङका प्रमुख नवराज अधिकारी,उपाध्यक्ष भाइकाजी तिवारी, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइकेल, जिल्ला स्वास्थ्य शाखा धादिङका खोप अधिकृत सुपरभाइजर श्याम प्रसाद पोखरेलको आतिथ्यता रहेको उक्त कार्यक्रममा जन स्वास्थ निरिक्षक शिव प्रसाद पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - १८:०३:१० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology