आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

संसद पाण्डेद्धारा गजुरीको तुदी खोलामा पक्की पुलको शिलान्यास

संसद पाण्डेद्धारा गजुरीको तुदी खोलामा पक्की पुलको शिलान्यास

शिवराज आचार्य

३२, जेठ २०८०
  • 16.5K
    SHARES
  • संसद पाण्डेद्धारा गजुरीको तुदी खोलामा पक्की पुलको शिलान्यास

    धादिङको गजुरी गाउँपालिका–२ तुदीखोलामा पक्किपुल निर्माणको काम अगाडि बढेको छ । प्रतिनिधि सभा धादिङ क्षेत्र नं. १ का संसद तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज एक कार्यक्रमका बीच तुदीखोलामा निर्माण सुरु हुन लागेको पक्की पुलको शिलान्यास गरेका छन् ।

    images

    news.jpg

    पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री हुँदा उक्त पुलका लागि बजेट बिनियोजन गरेका थिए । उक्त पुलको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले भरतपुर स्थित भद्रकाली निर्माण सेवालाइ रु. ४ करोड ४४ लाख ९६ हजार ३८३ मा ठेक्का लगाएको छ ।

    उक्त पुल आगामी २०८१ असार ५ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । पक्कि पुल शिलान्यास भए संगै स्थानीयमा खुसियाली छाएको छ । पुल निर्माण भएपछि स्थानीय उत्पादनलाई बजार लैजान सहज हुनेछ । यसका साथै मलेखु भण्डारा चेपाङ मार्ग, ताल्ती जान एवम् चिनिया लगानीमा धादिङमा सञ्चालित हुवासिन सिमेन्ट फ्याक्ट्रीमा जान सहज हुनेछ ।

     

    351330886_119206351197165_1113127870754087158_n.jpg

    मलेखु देखि भण्डारसम्मको सडक स्तरोन्नतीका लागि विश्व बैंकले विस्तृत परियोजना प्रतिवेदन बनाइसकेको छ । मलेखु कान्द्राङगढी २३ किलो मिटर र कान्द्राङगढी देखि भण्डारा ४६ किलोमिटर गरी ६९ किलोमिटर रहेको छ । यदि विश्व बैंकले यो सडक स्तरोन्नतीमा काम ग¥यो भने मलेखुबाट सुरुङ बनाउने छ र १६ किलो मिटर दुरी घटी मलेख भण्डारा ५३ किलोुने छ । यस क्षेत्रमा गरिवीसंग लडिरहेका चेपाङ लगायका जातीहरुको आर्थिक सम्वृद्धिमा कोशेढुंगा सावित हुने छ ।

    शिलान्यास कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, जिल्ला भुमि आयोग अध्यक्ष कृष्णप्रसाद अर्याल,वडा अध्यक्ष द्रोण कडेल ,पुर्व वडा अध्यक्ष चुडामणि कँडेल लगायत स्थानीयको उपस्थिति रहेको थियोे। ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - १७:२७:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology