आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मध्यपहाडी राजमार्ग अन्तर्गत धादिङ लगायतका कतिपय खण्डमा निर्माणका लागि सुरु भएन प्रक्रिया

मध्यपहाडी राजमार्ग अन्तर्गत धादिङ लगायतका कतिपय खण्डमा निर्माणका लागि सुरु भएन प्रक्रिया

नागरिक पाटी

४, आषाढ २०८०
  • 7.3K
    SHARES
  • मध्यपहाडी राजमार्ग अन्तर्गत धादिङ लगायतका कतिपय खण्डमा निर्माणका लागि सुरु भएन प्रक्रिया

    काठमाण्डौँ । सरकारले यही असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत कतिपय खण्डमा निर्माणका लागि प्रक्रिया सुरु हुन सकेको छैन । आयोजना खाप्टिएका खण्डमा कुन आयोजनालाई कसरी अघि बढाउने भन्ने निर्णय नहुँदा काम रोकिएका छन् । अधिकांश स्थानमा ग्राभेलको ठेक्का सम्पन्न नभएका खण्डमा कालोपत्रको प्रक्रिया अघि बढ्न नसकेको हो ।

    images

    बूढीगण्डकी जलाशययुक्त आयोजनाका कारण गोरखा र धादिङका केही खण्डमा र रामेछापमा ग्राभेल ठेक्का नसकिएकाले निर्माण अघि बढाउन नसकिएको आयोजनाले जनाएको छ ।

    पहिले रेखाङ्कन गरिएअनुसार काम गर्दा पछि सडक डुब्ने भएकाले कसरी निर्माण अगाडि बढाउने भन्ने निर्णय गरेर मात्रै काम अघि बढाइने मध्यपहाडी (पुष्पलाल राजमार्ग आयोजना निर्देशनालय) का सूचना अधिकारी सुरजहरि अधिकारीले बताए । उनका अनुसार उक्त विषयमा सरोकारवालासँग पटक–पटक छलफल भइरहे पनि निर्णय भने हुनसकेको छैन ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - ०६:०६:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology