आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लघु चलचित्र "पासो-२" सार्वजनिक, कस्तो छ कथावस्तु ?

लघु चलचित्र "पासो-२" सार्वजनिक, कस्तो छ कथावस्तु ?

नागरिक पाटी

१४, आषाढ २०८०
  • 8.4K
    SHARES
  • लघु चलचित्र "पासो-२" सार्वजनिक, कस्तो छ कथावस्तु ?

    नेपाली लघु चलचित्र पासो २ सार्वजनिक भएको छ । सानिआमाले सौताको छोरालाई गरिने व्यवहार समेटिएको चलचित्र पासो अस्मित टि भि युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    images

    समाजमा रहेका सबै मान्छेहरुको सोच एउटै हुँदैन । त्यस्तै यस लघु चलचित्र पासोले पनी समाजमा रहेको तितो यथार्थलाई नै चित्रण गरेको छ । यस चलचित्रमा आमा पात्रले सौतेनी आमा अर्थात सानि आमाको भुमिका निभाएकि छिन् भने कान्छा पात्रले सौतेनि छोरोको भुमिका निर्वाह गरेका छन् ।

    सौतेनी आमाले आफ्नो गर्भवाट कुनै सन्तान नजन्मिएपछी सौताको भएको एक्लो छोरालाई पनी मारेर सारा जायजेथा आफ्नो हातमा पार्नको लागी षड्यन्त्र रचीरहेकी हुन्छिन् । त्यसैमाथि झन् पात्र कान्छाले आफ्ना आमाबाबु सबैलाई गुमाएर मर्न लागेकी पात्र सनितालाई बचाएर आफ्नो घरमा लिएर आएका हुन्छन् । झन् कान्छि आमाको रिस आगोमा घिउ थपेको जस्तै बढि हुन्छ । कान्छाले सनितालाई बैनि मानेका हुन्छन् तरपनी सौतेनी आमा भने दाजुबहिनी नसोचीकन अनेक षड्यन्त्र गरेर घरबाट निकाल्ने दाउ गरीरहेकै हुन्छिन् । त्यसैमाथि छिमेकि पात्र रश्मिले पैसाकै लागी भएपनी साथ दिन्छिन् । दाजुबहीनीलाई चिया खुवाउने क्रममा बेहोश गराई नराम्रो हर्कत गरेको जस्तो बनाई भिडियो खिचेर सार्वजनिक गर्छिन् । गाउँभरी त्यहि नराम्रो भिडियोको चर्चा हुन्छ, तर बाबा लगायत गाउँका केही दाईहरुले भने कान्छो चरीत्रबारे त्यस्तो नराम्रो सोच्न पनि सक्दैनन् र कान्छाको साथ दिईरहन्छन् । भनिन्छ, झुटको खेती केहीबेरको मात्रै फाईदाको लागी हो तर अन्त्यमा जित सत्यको नै हुन्छ । कान्छाले सत्यताको खाजी गर्दै गएपछी अन्तत सत्यता पत्ता लगाएरै छाड्छन् ।

    अशोक तामाङको निर्देशन र दिनेश कोईरालाले सम्पादन गरेका लघु चलचित्रमा निर्देशक तथा लेखक अशोक तामाङ, हरीशरण गिरी, सनिता चेपाङ, रश्मि रिजाल, केशर बि।सि, सुनिता बुढाथोकी,अप्सरा लामा, रामेश्वर लामा र मान बहादुर लामाले अभिनय गरेका छन् ।

    यस्तो छ भिडियो... 

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०८० बिहिवार - १७:३७:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology