आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महिला हिंसाविरुद्ध ‘खिल’ मञ्चन

महिला हिंसाविरुद्ध ‘खिल’ मञ्चन

नागरिक पाटी

१५, आषाढ २०८०
  • 2.8K
    SHARES
  • महिला हिंसाविरुद्ध ‘खिल’ मञ्चन

    महिला हिंसा उन्मूलनका लागि जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ। पूर्खाजित राईले परिकल्पना र निर्देशनमा तयार भएको सडक नाटक ‘खिल’ असार १३ गते खोटाङको बराहपोखरी गाउँपालिकामा मञ्चन गरिएको हो।

    images

    बराहपोखरी गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको नाटक ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको हो। राजु थापा काउचाले लखेको नाटकमा जेबी डिसी, सुप्रिमा सुनुवार, विवेश बुढा, सुरज राई, निरु राई र गुन्ज चौधरीले अभिनय गरेका थिए।

    खिलजस्तै डढेर रहेको महिला हिंसाविरुद्ध समाजमा चेनता फैलाउन सडक नाटक मञ्चन गरिएको निर्देशक पूर्खाजित राईले बताए । उनले भने, ‘महिला हिंसालाई संविधानले निर्मुल गरे पनि समाजमा अझै खिल बनेर बसेको छ। जनतामा चेतना फैलाउँदै महिला हिंसा निर्मूल बनाउन सघाउन ‘खिल’ मञ्चन गरेका हौं।’

    उनले जबसम्म हामीमा चेत आउँदैन तबसम्म संविधान, कानुनले मात्रै महिला हिंसा उन्मूलन गर्न नसक्ने बताए।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०८० शुक्रवार - १८:२१:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology