धुनिवेशी । धुनिवेशी नगरपालिकाभित्र अब कुनै पनि ढुँगाखानी सञ्चालन गर्न नपाईने भएको छ । मँगलबार बसेको नगरकार्यपालिकाको बैठकले वर्षेनी लगाउँदै आएको ढुँगाको निकासी करको ठेक्का आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नलगाउने र नगरपालिकाभित्र अब कुनै पनि ढुँगाखानी सञ्चालन नगर्ने निर्णय भएको धुनिवेशी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष तथा सामाजिक विकास समितीका सँयोजक माधव प्रसाद सिलवालले बताए ।