आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डा. रुइतलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान

डा. रुइतलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान

नागरिक पाटी

२८, आषाढ २०८०
  • 7.2K
    SHARES
  • डा. रुइतलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान

    लन्डन। नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई संयुक्त अधिराज्य (बेलायत) को प्रतिष्ठित एङ्गिलया रस्किन विश्वविद्यालयले डक्टर इन साइन्समा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ।

    images

    क्याम्ब्रिजमा मङ्गलबार साँझ आयोजित विश्वविद्यालयको दीक्षान्त समारोहमा डा. रुइतलाई उपाधि प्रदान गर्दै विश्वविद्यालयका उपकुलपति प्रा. रोड्ररिक वाट्किन्सले डा. रुइत नेत्र विशेषज्ञ मात्र नभई मानवीय सेवामा समर्पित व्यक्ति भएको बताउनुभयो।

    डा. रुइतले गरेको कार्यले यस क्षेत्रका अनुसन्धानकर्ता र विद्यार्थीलाई पे्ररणा मिलेको बताउँदै उपकुलपति वाट्किन्सले डा। रुइत प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभयो। उ पाधि ग्रहणपछि डा. रुइतले विश्वविद्यालय अन्तर्गतको भिजन एन्ड आई रिसर्च इन्स्टिच्युटद्वारा गरिएका अनुसन्धान सराहनीय गरेको बताउँदै भविष्यमा आफूले उक्त संस्थासँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको डा. रुइतसँगै रहनुभएका इन्स्टिच्युटका सिनियर रिसर्च फेलो डा. राजु सापकोटाले जानकारी दिनुभयो।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - ०७:३३:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology