आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

नागरिक पाटी

३०, आषाढ २०८०
  • 4.2K
    SHARES
  • वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

    काठमाडौं। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ। हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ।

    images

    सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनुअगावै कोषमा सूचीकृत हुनुपर्नेछ। कोषमा औपचारिक क्षेत्रका चार लाख २३ हजार ९२ श्रमिक आबद्ध भएका छन्।

    कोषमा हालसम्म औपचारिक र वैदेशिक क्षेत्रका गरी कूल छ लाख ३९ हजार एक सय ७४ श्रमिक सूचीकृत भएका छन्। कोषले विभिन्न सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई पाँच अर्ब एक करोड दाबी भुक्तानी गरेको छ। कोषमा १८ हजार रोजगारदाता सूचीकृत भएका कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म ३६ अर्ब २६ करोड योगदान रकम सङ्कलन भएको छ।

    कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ।

    कोषले औपचारिक क्षेत्रका श्रमिकका तर्फबाट मासिक ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत योगदान रकम सङ्कलन गर्दै आएको छ। कोषबाट हालसम्म ८८ हजार पाँच सय ८५ योगदानकर्ताले विभिन्न सुविधा लिएका छन्। रासस

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०८० शनिवार - १९:१९:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology