आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुङ्गा -सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

नागढुङ्गा -सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

शिवराज आचार्य

२, श्रावण २०८०
  • 11.2K
    SHARES
  • नागढुङ्गा -सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

    धुनिवेशी,धादिङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज मंगलबार अनुगमन गरिएको छ । 

    images

    भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारी, प्रदेश सांसद मदुकुमार श्रेष्ठ, धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, धुनिवेशीका पृर्व उपप्रमुख निरु खरेलको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन् ।

    निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । निर्माण प्रक्रियामा कुनै व्यावहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उहाँले बताउनुभयो ।

    मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिनुभएको छ । सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको परामर्शदाताका निपन कोइका प्रमुख इन्जिनियर रमेश कोइरालाले जानकारी दिनुभयो ।

    अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको उहाँले बताउनुभयो ।

    सुरुङमार्गको वि.सं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।

    कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - १२:१९:४३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology