आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा ३ हजार भन्दाबढीमा डेंगु संक्रमण

नेपालमा ३ हजार भन्दाबढीमा डेंगु संक्रमण

नागरिक पाटी

७, श्रावण २०८०
  • 2.8K
    SHARES
  • नेपालमा ३ हजार भन्दाबढीमा डेंगु संक्रमण

    काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडाले देखाएको छ।

    images

    महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगुको बिरामी पुष्टि भएको जनाएको थियो । तर, गएको दुई साताको अवधिमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या थपिएर ३ हजार नाघेको हो।

    महाशाखाका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी सुनसरी जिल्लामा पुष्टि भएको छ । सुनसरीमा १५ सय ७१ जना सङ्क्रमित रहेको महाशाखाको भनाइ छ ।

    यस्तै, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, सङ्खुवासभामा ५८, काठमाडौँमा ४६, कञ्चनपुरमा ३९ भक्तपुरमा ३५, म्याग्दीमा ३२, झापामा पनि ३२ जना डेंगुका बिरामी रहेका छन् । नेपालमा अझै सङ्क्रमित बढ्ने विज्ञहरूको भनाइ छ ।

    २०७९ सालमा वैशाख महिनादेखि डेंगु रोगका बिरामीहरूको सङ्ख्यामा वृद्धि भई भदौ, असोज र कार्तिक महिनामा देशका ७७ वटै जिल्लाहरू सङ्क्रमण पुष्टि भएको थियो । जसमा काठमाडौँ उपत्यकासहित १० भन्दा बढी जिल्लाहरूमा डेंगु प्रकोपको रूपमा देखा परेको थियो । २०७९ साल पुस मसान्त सम्ममा ५५ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका थिए । यस्तै ८ जनाको मृत्यु भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - १२:१८:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology